भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको टोलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित बयान दिएका छन्।
ओलीको बयान लिन जाँचबुझ आयोगको टोली आइतबार उनको निवास भक्तपुरस्थित गुण्डुमै पुगेको थियो।
टोलीलाई ओलीले लिखित रुपमा जेनजी आन्दोलनका घटना विवरण समेटिएको लिखित बुझाएको गुण्डु स्रोतले पुष्टि गर्यो।
‘आयोगको टोली आएको थियो। उहाँले पहिल्यै तयार गरेको लिखित उनीहरुलाई दिएर पठाइदिनु भएको हो’, स्रोतले नेपालखबरलाई भन्यो।
जाँचबुझ आयोगको टोली पत्रसहित ओली निवासमा पुग्ने र ओलीले त्यही टोलीलाई आफ्नो कुरा राखेर पठाउने पहिल्यै समझदारी बनिसकेको थियो। पूर्व समझदारी अनुसार नै ओलीले जेनजी आन्दोलनमा भएका घटनाबारे लिखित तयार गरेका थिए।
आफ्ना भनाइसहित पहिल्यै तयार गरेको त्यही लिखित उनले टोलीलाई थमाएका हुन्। यसअघि आफू जाँचबुझ आयोगको कार्यालयमा बयान दिन नजाने बताउँदै आएका ओली आफ्नै निवासमा आए भने आफ्नो कुरा राख्न तयार भएका थिए।
जाँचबुझ आयोगको टोलीले अन्यलाई भने आयोगको कार्यालय सिंहदरबारमै बोलाएर घण्टौँसम्म बयान लिएको थियो। पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखकलाई पनि आयोगले २ दिन बयान लिएको थियो। सुरुमा बयान लिएको आयोगले लेखकलाई लिखित प्रस्न पठाएको थियो।
त्यसको जवाफ दिएपछि फेरि बयानमा बोलाएको थियो। तर ओलीसँग भने एकतर्फी जवाफ मात्रै लिएर आयोग फर्किएको हो।
- ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएलगत्तै स्थानहद हटाउने, सुरक्षा बढाउने तयारी
- ओलीले प्रधानमन्त्री कार्कीलाई भने- आयोगका मान्छेलाई बयान लिन घरमै पठाइदिनू
Shares

प्रतिक्रिया