राजनीति


समानुपातिक उम्मेदवारको बन्दसूची रुजु, पुस २७ सम्म गल्ती सच्याउन पाइने

समानुपातिक उम्मेदवारको बन्दसूची रुजु, पुस २७ सम्म गल्ती सच्याउन पाइने

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:३०, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको बन्दसूची सम्बन्धी कागजातको रुजु सकेको छ। 

आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्ती मगरका अनुसार पुस १६ देखि २० गतेसम्म दलको बन्दसूचीमा रहेका कागजातको जाँच गरिएको हो। रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आईतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए। 

कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनको भनाइ छ। पुस २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन्। 

‘पुस १६ गतेदखि २० गतेसम्म दलहरूको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचीमा रहेको डकुमेन्टहरू रुजु ग¥यौँ, रुजू गर्दा देखिएका कैफियतहरू सबै कोट गरेर सम्बन्धित दलहरूलाई आज साँझसम्म पत्र पठाउँछौँ,’ उनले भने। 

अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए। समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन्। 

त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए। दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। 

फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad