राजनीति


एमाले फागुन २१ मा निर्वाचन हुनेमा विश्वस्त छैन : विष्णु पौडेल

एमाले फागुन २१ मा निर्वाचन हुनेमा विश्वस्त छैन : विष्णु पौडेल

बिष्णु पौडेल


नेपालखबर
पुस १९, २०८२ शनिबार १५:५३, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै विश्वस्त हुन नसकिएको बताएका छन्। 

शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको जिकिर गरे।

‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा हामी अझै विश्वस्त हुन सकेका छैनौँ,’ पौडेलले भने, ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, तर त्यसका लागि आवश्यक कामहरू अहिले पनि पूरा भएका छैनन्।’

उपाध्यक्ष पौडेलले सबै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गरे। ‘सरकारले निर्वाचनसँग सम्बन्धित तयारी र आवश्यक कामहरूलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्छ,’ उनले थपे।

उनले एमाले सधैं निर्वाचनको पक्षमा रहेको पनि स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad