टिपटप न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले चार वर्षपछि एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि उचालेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाईनलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै डायमण्डले उपाधि जितेको हो। डायमण्डले पुलिस क्लबलाई २५-८, २५-१९ र २५-१८ को सोझो सेटमा पाखा लगायो।
च्याम्पियनसिपमा तेस्रो पटक फाईनल खेलेको डायमण्डले तेस्रो पटक उपाधि जितेको हो। डायमण्डले यसअघि २०७८ सालमा च्याम्पियनसिपको उपाधि उचालेको थियो। 
डायमन्डले २०७८ र ०७९ मा फाईनल खेलेको थियो। ०७८ एपीएफ क्लबलाई हराउँदै डायमन्ड पहिलो पटक च्याम्पियन बनेको थियो।
०७९ मा पुलिस क्लबसँग नै पराजित हुदै उपविजेतामा सिमित बनेको थियो। नवौं सस्करणको उपाधि उचालेसँगै डायमन्डले त्यो हारको बदला समेत छ।
आजै महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो भएको हो।
एकपक्षीय खेलमा एपिएफले आर्मीमाथि २५-१३,२५-१७,२५-१० को सहज जित निकालेको हो।
आजै हुने पुरुषतर्फको फाईनलमा टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लव खेल्नेछन्।
Shares

प्रतिक्रिया