नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संस्थापन पक्षले आफूहरूसँग ६०/४० को भागबण्डाका लागि प्रस्ताव गरेको बताएका छन्।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा ६०/४० को प्रस्ताव आएको बताएका हुन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको मिति आगामी वैशाखमा गर्नेगरी मिति तोकेपछि त्यसप्रति असहमति प्रकट गर्दै बाहिरिएका शर्माले बैठकमा सूची सच्याउन माग गरेको जानकारी दिए।
‘समानुपातिक सूची बनाइरहँदा मतदाताको रुचि को कस्ता उपर हुनसक्छ, हामी छलफल गर्दै थियौं। मध्यरातमा एकाएक आयो ६०/४० का लागि टेलिफोन’ उनले भने, ‘यो गम्भीर गल्ती थियो। सुची सच्याउन जरुरि छ। अग्रज नेताहरू स्पष्ट हुनुस्, अवसर अरुलाई दिइनु पर्छ।’
महामन्त्री शर्माले निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरेका थियौं तर पुनर्स्थापनामा हस्ताक्षर गर्न किन भनियो सांसदहरूलाई? भनी प्रश्नसमेत गरेका छन्।
यस्तै, उनले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय विपरित एमालेसँग गठबन्धन गर्ने ‘भूमिगत तयारी’ भइरहेको दाबी पनि गरे।
पार्टी फुट्ने हल्लाबारे शर्मा भन्छन्, ‘हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौं। दृढतापुर्वक भन्छु, हामी नेतृत्व गर्नेछौं। कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नु। हामी पर्खिन्छौँ पनि फर्किन्छौं पनि।’
उनले नियमित महाधिवेशन तत्काल नहुनुको अर्थ विशेष महाधिवेशनको ढोका खुल्नु हो’ भने।
उनले पुस मसान्तमा विशेष महाधिवेशन गरेर वैशाखमा नियमित महाधिवेशन गर्न सकिने धारणा राखे।
Shares

प्रतिक्रिया