नेकपा (एमाले) का नेता वाशुदेव घिमिरे पार्टीमै फर्किएका छन्।
हिजो (बुधबार) फेसबुममा लामो स्ट्याटस लेखेर एमाले परित्याग गरेको घोषणा गरेका निवर्तमान सांसद एवम् रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरे २४ घण्टा नबित्दै एमालेमै फर्किएका हुन्।
उनी एमाले छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने चर्चा थियो।
बिहीबार पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग भेटवार्तापछि उनी एमालेमै फर्किएको एमाले नेताहरूले बताएका छन्।
आज वाशुदेव घिमिरेलगायतसँग सामूहिक तस्बिर फेसबुकमा सेयर गर्दै उपाध्यक्ष पौडेलले लेखेका छन्, ‘हामी सँगै छौँ।’

नेता घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको बताएका थिए।
‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्विका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो। देश प्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो’ उनले लेखेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु।’
Shares

प्रतिक्रिया