नेपाली कांग्रेसका दुवै महामन्त्रीले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेसँगै सभापति शेरबहादुर देउवाले शीर्षनेतालाई छलफलका लागि बोलाएका छन्।
बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका थिए। उनीहरूले विशेष महाधिवेशनको विकल्प अगाडि सारेका छन्।
दुवै महामन्त्रीको वक्तव्यपछि सभापति देउवाले बिहीबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन्। छलफलमा महामन्त्रीको कदमबारे चर्चा भएको छ।
त्यससँगै देउवाले शुक्रबार बिहान कांग्रेसका शीर्षनेतालाई बोलाएका छन्। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेका गतिविधिबारे छलफल गर्न शीर्ष नेतालाई बोलाएका हुन्।
शीर्षनेतासहितको छलफलमा दुवै महामन्त्रीका गतिविधिबारे लेखाजोखा हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
Shares

प्रतिक्रिया