राजनीति


जनमत संग्रहबारे निर्णय गर्न दुर्गा प्रसाईंले दिए आइतबारसम्मको ‘अल्टिमेटम’

प्रसाईं भन्छन्ः प्रधानमन्त्रीले खै केके भनेर खुई... गर्नुभो
जनमत संग्रहबारे निर्णय गर्न दुर्गा प्रसाईंले दिए आइतबारसम्मको ‘अल्टिमेटम’

नेपालखबर
पुस १७, २०८२ बिहिबार १६:४०, काठमाडौँ

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आइतवारसम्मको समय मागेको बताएका छन्।

बिहीबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आइतबारसम्मको अल्टिमेटम दिएका हुन्।

सरकारले आगामी आइततबारसम्म पनि आफूहरूका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए। 

उनले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यी मुद्दा देशका हुन्। तपाईंलाई आफ्नो नातीसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ। उहाँले खै केके भनेर खुई... गर्नुभयो। पूरै थाकेको जस्तो। जेन–जीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई थुन्ने भनेँ। आइतवारसम्मको समय माग्नुभयो। आइतबार सही गरौँ दुई पक्ष बसेर सोमबारको मन्त्रिपरिषद्बाट पास गर्दछौँ। सकेनौँ भने आइतबारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ।’

उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए। 

प्रसाईंले सरकार जेन–जीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने चेतावनी दिए। सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिए।

प्रसाईंले भने, ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन। नेपाल सबैको साझा हो भनेका छौँ। यो तरिकाले यो सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन।’

संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। आफूहरूले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad