सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन्।
दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उनको भनाइ छ।
‘वार्ता सकारात्मक छ। संविधान र कानुनअन्तर्गत रहेर उहाँहरूको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरूको मागबारे केस्रा केस्रा छलफल भएको छ’, उनले भने, ‘सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ।’
वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिएका थिए भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराउनुभएको जनाइएको छ। रासस
Shares

प्रतिक्रिया