राजनीति


सरकार, दलका नेता र व्यवसायी एकै थलोमा (तस्बिरहरू)

सरकार, दलका नेता र व्यवसायी एकै थलोमा (तस्बिरहरू)

सरोज नेपाल
पुस १६, २०८२ बुधबार १७:६, काठमाडौँ

प्रधानमन्त्री, मन्त्री सहित मुख्य दलका शीर्ष नेता र व्यवसायीहरू एकै मञ्चमा उपस्थित भएर आफ्ना धारणा साटासाट गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा विभिन्न पक्षका व्यक्तिहरू एकै थलोमा उपस्थित भएर विचार आदान प्रदान गरेका हुन्। 

प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत नेता उपस्थित छन्। 

यस्तै, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेललगायत सरकारका मन्त्री र उच्चपदस्थ अधिकारी सहभागी भएका छन्।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका अग्रजहरू सहभागी रहेको सो कार्यक्रममा आगामी निर्वाचन तथा आर्थिक समृद्धिबारे बहस भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad