राजनीति


कांग्रेस पर्साको केन्द्रलाई पत्र : पहुँच, पैसा र पावरको भरमा समानुपातिक उम्मेदवार बनाइयो

कांग्रेस पर्साको केन्द्रलाई पत्र : पहुँच, पैसा र पावरको भरमा समानुपातिक उम्मेदवार बनाइयो

नेपालखबर
पुस १६, २०८२ बुधबार १७:२८, काठमाडौँ

नेपाली कांग्रेस, पर्साका कार्यवाहक सभापति डा. सरोज कुमारले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र पठाएर समानुपातिक उम्मेदवार छनोटमा ध्यानकर्षण गराएका छन्। 

उनले बुधबार पठाएको ध्यानाकर्षण पत्रमा पार्टी संगठनमा नभएका व्यक्ति मो. अन्सार खाँलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै विरोध जनाएका छन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खाँलाई मुस्लिम क्लस्टरमा राखिएको छ। 

पत्रमा भनिएको छ, ‘सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएका मो. अन्सार खाँ कहि कुनै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो।’

उनी भारतमा बसेर व्यापार गर्दै आएको पत्रमा स्मरण गराइएको छ। ‘विगत २०-२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेका व्यक्ति कसरी कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो?’ प्रश्न गरिएको छ। 

यसलाई सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ। पत्रमा भनिएको छ, ‘पार्टी संगठनमा दिनरात काम गर्ने, पार्टी भनेर जीवन नै समर्पण गर्ने आदरणीय साथीहरूको मनोभावना कुल्ची, अन्याय गरि एक्कासी पहुँच, पैसा, पावरको भरमा आउने यी र यस्ता नामहरूको घोर निन्दा तथा भर्त्सना गर्दै नामावली यथाशिघ्र सच्इाउन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad