सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अब पूर्णतया निर्वाचनमय भएको दाबी गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको संवाद कार्यक्रममा मन्त्री खरेलले शीर्ष नेताहरूको चहलपहल र कार्यक्रममा उपस्थिति नै चुनावको तयारी भइरहेको प्रमाण भएको बताए।
‘मलाई अनुभूति भएको छ, मुलुक निर्वाचनमय भएको छ,’ खरेलले भने, ‘शीर्ष नेताहरुले दौडधुप गर्न थाल्नुु भएको छ।, प्रत्यक्ष निर्वाचनका लागि १६५ सिट निर्धारण गर्नुपर्नेछ। अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता समाप्त भएको छ। अब चुनाव सुनिश्चित भएको छ।’
सञ्चारमन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासमा अदालतमा दर्ता भएका भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै भएको दाबी समेत गरे।
33
Shares

प्रतिक्रिया