कारोबार


२४ गतेका लुटपाटलाई वैधानिकता दिन खोज्यो भने भविष्यमा पनि दोहोरिन सक्छन् : कांग्रेस प्रवक्ता

२४ गतेका लुटपाटलाई वैधानिकता दिन खोज्यो भने भविष्यमा पनि दोहोरिन सक्छन् : कांग्रेस प्रवक्ता

नेपालखबर
पुस १६, २०८२ बुधबार १७:१, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा सरकारले अपनाएको रवैयाप्रति आपत्ति जनाउँदै भदौ २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्नु गलत भएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग र त्यसपछिको आगजनी तथा लुटपाट दुवै गलत भएको स्पष्ट पारे।

प्रवक्ता महतले भदौ २३ गतेको आन्दोलनमा सरकारले गरेको बल प्रयोग गलत भएको बताउँदै भदौ २४ गते भएको आगजनी, लुटपाटजस्ता आपराधिक गतिविधिलाई वैधानिकता दिन खोजिएको आरोप लगाए। ‘२४ गते भएका लुटपाट, फसाद र आगजनीलाई सरकारले वैधानिकता दिन खोज्यो भने भविष्यमा पनि यस्ता घटना दोहोरिन सक्छन्,’ उनले चेतावनी दिए।

महतले आन्दोलन वा विरोध सुशासनका लागि जायज हुन सक्ने भए पनि त्यसमा अत्यधिक बल प्रयोग गर्नु सरकारको गल्ती भएको उल्लेख गरे। तर, दोस्रो दिन भएका लुटपाट र आगजनीलाई पनि स्पष्ट रूपमा आपराधिक घटना मान्नुपर्ने उनको जोड थियो।

‘दुवै घटनालाई एउटै ठाउँमा राखेर लेजिटिमाइज गरियो भने भविष्यमा समस्या आउँछ। कानुुन उल्लंघनलाई वैधानिक ठान्ने मान्यता समाजमा बस्यो भने शान्ति खलल हुन्छ, स्थायित्व आउँदैन र समृद्धि पनि टाढा जान्छ,’ महतले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad