राजनीति


समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : गणेश पराजुली

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : गणेश पराजुली

नेपालखबर
पुस १६, २०८२ बुधबार १२:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइने बताएका छन्। 

रास्वपाले बुझाएको समानुपातिक सूचीमा २१ जना चितवन र १४ जना मोरङका छन्। अरु धेरै जिल्ला खाली राखेर २ जिल्लाका मात्रै रोखेको भन्दै आलोचना भइरहेको छ। 

पराजुलीले अन्तिम समयमा सहमति भएर धेरै काम भएको भन्दै गल्ती भएको स्वीकारेका छन्। ‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्वपूर्ण काम भए,’ उनले फेसबुकमा लेखेका छन्,  ‘समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो।’

पुस १३ गते समानुपातिकको बन्दसूची दलहरुले निर्वाचन आयोगमा बुझाएका थिए। तर, केही गल्ती भएमा दलहरुले ७ दिनसम्म सुधार गर्न पाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad