राजनीति


६४ दलले बुझाए समानुपातिक सूची, सुरुमा सूर्य अन्तिममा भैँसी (सूची)

१० दलले लड्दै छन् ४ वटा एकल चिह्नमा चुनाव
६४ दलले बुझाए समानुपातिक सूची, सुरुमा सूर्य अन्तिममा भैँसी (सूची)

नेपालखबर
पुस १५, २०८२ मंगलबार १७:२६, काठमाडौँ

आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस  गरेका छन्। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले चुनाव चिह्न पाएको उल्लेख गरिएको छ। 

सूची बुझाएकामध्ये १० वटा राजनीतिक दलले ४ वटा एकल चिह्नमा चुनवा लड्ने छन्। 

जस अनुसार बस चिह्न लिएर नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले चुनाव लड्ने छन्। 

त्यस्तै जाँतो एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले चुनाव लड्ने छन्। 

मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनतादेश पार्टीले चुनवामा भाग लिने छन्। जगर भएको सिंह चुनाव चिह्नबाट सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले चुनाव लड्ने छन्। 

आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो। सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए। 

दर्ता भएका बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्ने कार्यतालिका रहेको छ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad