राजनीति


जेनजी सहिद धिरजका बुवा कांग्रेसको समानुपातिक सूचीमा

जेनजी सहिद धिरजका बुवा कांग्रेसको समानुपातिक सूचीमा

नेपालखबर
पुस १५, २०८२ मंगलबार १५:२६, काठमाडौँ

जेनजी आन्दोलनमा सहिद बनेका धिरज श्रेष्ठका बुवालाई नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनाएको छ। 

कांग्रेसले मंगलबार राति समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। समानुपातिकतर्फ ११० जना उम्मेदवारको बन्दसूचीमा जेनजी सहिद धिरजका बुवा नारायण श्रेष्ठको नाम पनि राखिएको छ। उनलाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाइएको छ। 

नारायणलाई कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँले समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको थियो। जिल्लाको सिफारिसका आधारमा केन्द्रले सूचीमा राखेको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले बताए।

‘मैले नै सिफारिस गरेको थिएँ। उहाँलाई समानुपातिक सूचीमा राखिएको छ,’ बानियाँले नेपालखबरसँग भने। 

नारायण काठमाडौँ–७ का बासिन्दा हुन्। उनी कांग्रेसको भातृ संगठन लोकतान्त्रिक जनजाति संघमा पनि आबद्ध छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad