कुलमान घिसिङ संरक्षक बनेर खुलेको दल उज्यालो नेपाल पार्टीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको घोषणा गर्यो। पार्टी एकतासँगै अब उज्यालो पार्टी अस्तित्वमा रहने छैन।
तर, उज्यालो नेपाल पार्टीले सञ्चालनमा ल्याएको कार्यालय भने बन्द हुने छैन। उज्यालो नेपाल पार्टीले काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर भनेर पार्टी कार्यालय सञ्चालनमा ल्याएको थियो।
कुलमान निकट रास्वपा नेता जीतराम वाइबाका अनुुसार त्यो कार्यालयमा रास्वपा कुनै विभाग राखिने छ। ‘पार्टीको कुन न कुनै कार्यालय र विभाग यहाँबाट पनि चल्छ,’ उनले नेपालखबरसँग भने, ‘बन्द चाहिँ हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै कुनै न कुनै विभाग त्यहाँबाट चल्छ।’
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहमतिमा रास्वपाको कार्यालय काठमाडौँ उपत्यकाभित्र राखिने उल्लेख गरिएको छ। हाल कार्यालय बनस्थलीमा भए पनि त्यहाँबाट सर्ने रास्वपाको तयारी छ।
माघ १ गतेदेखि त्यो घरबाट कलेज सञ्चालनमा आउँदै छ। त्यसैले त्यसअघि नै रास्वपा कार्यालय नयाँ घरमा सर्नुपर्ने छ।
Shares

प्रतिक्रिया