नेपाली कम्युनिस्ट पार्टीले विभिन्न क्षेत्रका व्यक्ति समेटेर समानुपातिक उम्मेदवारको बन्द सूची सोमबार राति निर्वाचन आयोगमा बुझाएको छ।
जसमा भर्खरै पार्टी प्रवेश गरेका रञ्जिता श्रेष्ठ, चिरण पुनदेखि अधिकारकर्मी मित्र परियारसम्म समेटिएको नेताहरूले जानकारी दिए।
सोमबार मात्र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिसँग पार्टी एकता भएको छ।
‘एकतापछि श्रेष्ठ पनि समानुपातिक उम्मेदवार रहने छिन्, उनको नाम संशोधन गरेर आयोग पठाइनेछ’, एक नेताले नेपालखबरसँग भने।
समानुपातिक सूचीमा रहेका अन्यमा खस आर्यबाट पूर्वराजदूत प्रमेश हमाल, आदिवासी जनजातीका तर्फबाट परशुराम तामाङ, जोगकुमार बर्बरिया छन्।
यस्तै बीबी खनाल, क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंह पनि समेटिएकी छन्।
यस्तै मंगलसिंह प्रजा, पूर्वलडाकु कमान्डर कमला नहर्की पनि परेका छन्। प्रजा चेपाङ समुदायका हुन्।
एकता प्रक्रियाबाटै आएका बाग्लुङका चिरन पुन पनि समानुपातिक उम्मेदवार सूचीमा छन्।
यसैगरी दलितबाट पार्वती विक परेका छन्। महेन्द्रबहादुर कार्कीलाई पनि समानुपातिक सूचीमा राखिएको छ।
जनयुद्धकालीन सहिदका परिवारका सदस्य विनोद कटुवाल र विद्या भाट पनि समानुपातिक सूचीमा समेटिएका छन्।
Shares

प्रतिक्रिया