निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरूको घुइँचो लागिरहँदा केही जेनजी युवाले भने प्रक्रिया रोक्न माग गरेका छन्।
आयोगको कार्यालयमा पुगेका अजय सोडारी लगायतका युवाले ‘निर्वाचन धोका हो, निर्वाचन प्रक्रिया बन्द गर, भ्रष्टलाई कारबाही गर, सुशीला कार्की राजीनामा दे, प्रहरी दमन मुर्दावाद’ जस्ता नारा लगाएर विरोध जनाएका छन्।
यसअघि मिराज ढुंगानासहितका जेनजीसँग सोडारीसहितले माइतीघर मण्डलामा पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आयोगमा बन्दसूची बुझाउन दलहरूलाई भ्याइनभ्याइ छ। समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने म्याद आजसम्मै हो।
171
Shares

प्रतिक्रिया