प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित कार्यालयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो। भेटका क्रममा आउँदो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा छलफल भएको छ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए। त्यस्तै, सुविधा कटौतीका विषयमा पनि चासो राखेका थिए।
30
Shares

प्रतिक्रिया