राजनीति


संसद् सचिवालयको महासचिवमा भरतराज गाैतम सिफारिस

संसद् सचिवालयको महासचिवमा भरतराज गाैतम सिफारिस

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ८:५०,

संघीय संसद सचिवालयको महासचिव पदमा सोहि सचिवालयकै सचिव भरतराज गाैतमलाई सिफारिस गरिएको छ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बैठकबाट उनलाई सिफारिस गरिएको अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिएका छन्।

सो सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनको नियुक्ती हुनेछ।

यसअघिका महासचिव मनोहर प्रसाद भटराई अवकाश भएपछि सचिवालयका अर्का सचिव गोपालनाथ योगीलाई कार्यबहाक महासचिवको जिम्मेवारी दिइएको थियो।

‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम योग्यता पुगेका साविक लामाचौर ५, कास्की जिल्ला निवासी (हाल संघीय संसदको सचिवालय सचिव पदमा कार्यरत्) डा. भरतराज गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको संघीय संसदको महासचिव पदमा नियुक्तीको लागि सिफारिस गर्दछौं,’ सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपति भण्डारीलाई गरिएको सिफारिस पत्रमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad