राजनीति


बेइजिङमा परराष्ट्रमन्त्री खनाल: रास्वपा-सीसीपी सम्बन्ध सुदृढ पार्न छलफल

बेइजिङमा परराष्ट्रमन्त्री खनाल: रास्वपा-सीसीपी सम्बन्ध सुदृढ पार्न छलफल

परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँगको भेटवार्ता गरेका छन्।


नेपालखबर
असार १, २०८३ सोमबार १९:४१, काठमाडौँ

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा राजनीतिक तथा फरक क्षेत्रका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।

चीनसँग हुनसक्ने सम्भावित सहकार्यका विषयमा छलफल गरेका छन्। सोमबार मुख्यतः रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको सम्बन्ध सुदृढ पार्ने तथा विज्ञान प्रविधि तथा कनेक्टिभिटी केन्द्रित बैठकहरु गरेका छन्।

परराष्ट्रमन्त्री खनालले सीपीसी केन्द्रीय कमिटीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँगको भेटवार्ता गरे। उनले वर्तमान सरकार एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।

परराष्ट्रमन्त्री खनालको यो भ्रमणलाई उत्तरी छिमेकीसँगको सम्बन्ध थप प्रगाढ बनाउने प्रयासका रुपमा हेरिएको छ।

मन्त्री खनालले आजै चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गतको ‘इन्स्टिच्युट अफ तिब्तेन प्लेटू रिसर्च’को भ्रमण गरेका थिए। त्यहाँ उनले वैज्ञानिक सहकार्यबारे चिनियाँ अधिकारीहरुसँग छलफल गरे। चिनियाँ पक्षले दुई देशीय साझेदारीमा भइरहेका अनुसन्धानबारे मन्त्री खनाललाई जानकारी गराएका थिए। 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल चारदिने औपचारिक चीन भ्रमणमा छन्। बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठनपछि पहिलो पटक परराष्ट्रमन्त्री स्तरीय भ्रमण भएको हो।  

भारत भ्रमणबाट फर्किएको एक सातापछि उनी बेइजिङ पुगेका हुन्। उनी बुधबार नेपाल फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad