राजनीति


सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान, भने- सत्यसँग कहिल्यै डराउँदिनँ

सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान, भने- सत्यसँग कहिल्यै डराउँदिनँ

नेपालखबर
पुस १३, २०८२ आइतबार १८:५५, काठमाडौँ

जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन्। 

गुरुङले हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आफूले आज आयोगलाई बयान दिएको उल्लेख गरेका छन्। 

‘हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको छु,’ उनले फेसबुकमा लेखेका छन्। 

आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले लेखेका छन्, ‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु।’

छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, ‘सत्य कहिल्यै डराउँदिनँ। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad