नेपाल मेडिकल काउन्सिलको एक जना उपाध्यक्ष र सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिश देवका अनुसार, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा लगेर गणना सुरु भएको छ। चार स्थानमा मतगणना सुरु गरिएको डा. देवले बताए।
तथापि, मगणना गर्न दुई दिन लाग्ने उनले जानकारी दिए। ‘करिब १२ हजार मत खसेको छ। मतगणना गर्न २ दिन लाग्ने देखिएको छ,’ रजिस्ट्रार देवले भने।
मतगणनाको प्रारम्भिक परिणामअनुसार, उपाध्यक्षमा डा. गुरुशरण साह अगाडि देखिएका छन्। उपाध्यक्ष पदका तीन उम्मेदवारमध्ये डा. साहले २१३ मत ल्याएका छन्।
उपाध्यक्षमा डा. कुञ्जाङ शेर्पा १३१ मतसहित दोस्रो स्थानमा छन् भने डा.अजयसिंह थापा ३५ मत ल्याएका छन्। त्यस्तै, सदस्यमा डा. सारिका गोइत अगाडि छन्।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर पुस ४ र ५ मा निर्वाचन भएको थियो। त्यस्तै, धुलिखेलमा पुस ११ मा, काठमाडौँ र ललितपुरमा पुस ११ र १२ मा मतदान भएको थियो।
काउन्सिलको १ उपाध्यक्ष पदका लागि तीन जना र ८ जना सदस्यका लागि ३३ जना प्रतिस्पर्धामा छन्। निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको काउन्सिलले जनाएको छ।
Shares

प्रतिक्रिया