राजनीति


निर्वाचन आचारसंहिता स्वीकृत, स्टार प्रचारक दुई जनाले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने (पूर्ण पाठ)

निर्वाचन आचारसंहिता स्वीकृत, स्टार प्रचारक दुई जनाले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने (पूर्ण पाठ)

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:५८, काठमाडौँ

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। 

आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको हो। प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ गते तय भएको छ। 

निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले प्रचार गर्दा के कस्ता सामग्री प्रयोग गर्न पाउने भन्ने व्यवस्था गरिएको छ। चुनावी प्रचारमा घोडादेखि हेलिकप्टर प्रयोग गर्न पाइनेछ। 

आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहितामा दुई जना ‘स्टार’ प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्थाको १४ (छ) मा भनिएको छ, ‘राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएमा मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने।’

त्यस्तै, उम्मेदवारले दुई वटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे सवारी साधान प्रयोग गर्न पाउनेछन्। गाडी चल्न नसक्ने ठाउँमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ। 

राजनीतिक दल वा उम्मेदावरले चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ गरेको छ। यस पटक १० वटाभन्दा बढी राष्टिन्य झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad