काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा सामेल भएपछि जेनजीका एक अगुवा सुदन गुरुङले प्रतिक्रिया जनाएका छन्।
आगामी निर्वाचन रास्वपाबाट लड्ने गरी बालेनले आइतबार बिहान उक्त पार्टीका सभापति रवि लामिछानेसँग सातबुँदे सहमति गरेका हुन्।
यस क्रममा रवि र बालेनले हात मिलाएको तस्बिर राख्दै गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब आरएसपी (रास्वपा) ले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौँ। जय देश।’
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।
750
Shares

प्रतिक्रिया