कारोबार


हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० करोड नगद लाभांश दिने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० करोड नगद लाभांश दिने

नेपालखबर
पुस १३, २०८२ आइतबार १२:३३, काठमाडौँ

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट हालकायम चुक्ता पुँजीको ८ प्रतिशत नगदै बाँड्ने प्रस्ताव गरेको हो। 

कम्पनी सञ्चालक समितिको पुस ११ को बैठकले २० करोड १२ हजार ५ सय ९२ रुपैयाँ करसमेत समावेश हुने गरी वितरणको प्रस्तावमा निर्णय गरेको हो। 

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले यो रकम पाउनेछन्। 

कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad