अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बनिसक्ने दाबी गरेका छन्।
यस्तो खोप बनाउने प्रयास तीव्र गतिमा भइरहेकाले यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास उनले व्यक्त गरेका हुन्।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मलाई पूरा विश्वास छ, यो वर्षको अन्त्यसम्म हामीले खोप पाउनेछौं।’
यसैबीच उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आफूले राम्रो काम गर्न नसकेको भन्ने डेमोक्र्याटिक पार्टीका नेताको भनाइ राजनीतिक पूर्वाग्रहयुक्त रहेको बताए।
प्रतिक्रिया