उज्यालो नेपाल पार्टीका नेताहरू समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बनाउन छलफलमा जुटेका छन्।
ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको निवासमा उज्यालो नेपाल पार्टीका नेताहरू छलफलमा जुटेका हुन्।
छलफलमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, पार्टीका नेता जीतमान वाइवा लगायत उपस्थित छन्।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको सूची पुस १५ गतेभित्र बुझाउनुपर्ने समय सीमा छ।
समय घर्किनै लाग्दा कुलमान समानुपातिकको सूची बनाउन जुटेका हुन्।
घिसिङ काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि चुनावमा सँगै मिलाएर लैजाने प्रयासमा छन्। सूची बनाउन बस्नुअघि उलने आज शाहसँग छलफल समेत गरेका थिए।
बालेनसँगको संवादले अन्तिम रुप पाइनसकेको भए पनि उनी सूची बनाउन जुटेका हुन्।
यदि, बालेनसँग चुनावमा मिलेर जाने सहमति भए समानुपातिक सूचीमा रहेको नाममा हेरफेरि गरिने छ।
Shares

प्रतिक्रिया