नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ।
बिहीबार बसेको नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको हो। त्यसका लागि राष्ट्रिय सभाका अध्यक्षलाई आग्रह गर्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायले बताए।
कांग्रेस संसदीय दलको बैठकको निर्णयमा भनिएको छ, ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ।’
संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षमा बसेको बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय लगायतको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
Shares

प्रतिक्रिया