राजनीति


विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ

विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ

नेपालखबर
पुस १०, २०८२ बिहिबार १२:२०, काठमाडौँ

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तरिम सरकारको नेतृत्व गर्न दिन आग्रह गरेका छन्। 

बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विप्लवले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको बताएका छन्। त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ। 

‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ। अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ,’ उनले भने, ‘जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो।’

समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्दै अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन्। 

‘समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ। नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ,’ उनले भने। 

उनले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिने बताएका छन्। 

‘यो अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्दछौँ,’ उनले भने, ‘राजनीतिक शक्तिहरूको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ। अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई चुनावतिर लैजानुपर्छ।’

राजनीतिक शक्तिहरूको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताए। अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनाइ छ। 

‘राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रस्तुत गरेका छौँ। हामी प्रधानमन्त्रीज्यूलाई पनि भेटेर मागपत्र प्रस्तुत गर्दछौँ। १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेनजीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad