निर्वाचन आयोगले ६ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। आयोगको मंगलबारको निर्णय अनुसार जरिवाना नबुझाउने राजनीतिक दलहरूको दर्ता खारेज गरिएको आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले बताए।
खारेज हुने दलमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपालको दर्ता खारेज भएको हो।

39
Shares

प्रतिक्रिया