सरकारले गठन गरेको राजनीतिक संवाद समिति राप्रपा कार्यालयमा पुगेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक कार्याललयहरुमा पुर्याएको क्षतिबारे अवलोकन थालेको समितिले बुधबार राप्रपा कार्यालयको अनुगमन गरेको हो। 
धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाललाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए।
संवाद समितिले हिजो मंगलबार तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमन गरेको थियो।
21
Shares

प्रतिक्रिया