एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईको एउटा स्टाटसले कार्यकर्तामा तरंग सिर्जना गरेको छ।
नेता भट्टराईले मंगलबार साँझ आफ्ना दुई तस्बिरसहित लेखेको ६ शब्दको स्टाटसलाई लिएर एमालेका नेता कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन्।
मंगलबार साँझ घाम अस्ताउँदै गरेको दृश्यसहित भट्टराईले सामाजिक सञ्जालमा आफ्ना दुई तस्बिर पाेस्ट गर्दै लेखेका छन्, ‘मित्रहरू, घाम अस्ताएको हो, जीवन होईंन!’
उनको यो स्टाटस द्विअर्थी भएको भन्दै एमालेकै नेता-कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन्।
कतिपयले यस्ता अभिव्यक्तिले एमालेलाई कमजोर बनाउने भन्दै ख्याल गर्न भनेका छन्।
एमालेकै केही कार्यकर्ताले भने पार्टीलाई मजबुद बनाउनेतिर लाग्नु भन्दा कमजोर बनाउनेतिर लागेको भन्दै उनको आलोचना गरेका छन्।
भट्टराई एघाराैँ महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट एमाले उपमहासचिवमा विजयी भएका नेता हुन्।
महाधिवेशनपछि अध्यक्ष ओलीले आइन्दा पार्टी नेतृत्वको आलोचना नगर्न भने पनि ईश्वर पोखरेल पक्षका नेताहरूले भने ओलीको आलोचना गर्न छाडेका छैनन्।

Shares

प्रतिक्रिया