प्रतिनिधि सभा विघटनविरुद्ध थप ६० सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। मंगलबार नेपाली कांग्रेसका ५७ र अरु ३ गरी ६० सांसदले आफूलाई पनि यसअघि दायर रिटमा संलग्न गराउन माग गर्दै निवेदन दिएका हुन्।
उनीहरूले विघटित प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिट निवेदनमा संलग्न गराई मुद्दाको पक्ष कायम गर्न माग गरेका छन्। घिमिरेसहित ८ सांसदले गत मंसिर २३ गते रिट दायर गरेका थिए।
उक्त रिटमा पुस २ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गरिसकेको छ। अदालतले विपक्षीहरूसँग १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
रिट विचाराधीन रहेकै अवस्थामा सो रिट निवेदनका विषयवस्तु आफूहरूको पनि प्रत्यक्ष सरोकार, हक, स्वार्थ रहेको भन्दै मुद्दामा सरिक गराउन माग गर्ने निवेदक थपिएका हुन्।
मंगलबार हस्ताक्षर बुझाएका ६० सांसदको विनेदनमा भनिएको छ, ‘उक्त गैरसंवैधानिक कार्यबाट हामीहरूको संवैधानिक हकमा असर परेको हुँदा उक्त रिट निवेदनमा उल्लेखित व्यहोरा प्रति पुर्णरुपमा समर्थन र प्रतिवद्धता जाहेर गर्दै हामी निवेदकहरू समेत सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ (२) बमोजिम उक्त मुद्दामा सरिक, संलग्न भई मुद्दाको पक्ष कायम गरी पाउँ भनि निवेदनसाथ उपस्थित भएका छौँ।’

थप भएका सांसदले पनि यसअघिका वारेस श्रवणकुमार श्रेष्ठ मार्फत नै निवेदन दिएका छन्। निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बुधबारका लागि पेशी तोकेको छ। बुधबार बस्ने संवैधानिक इजलासमा निवेदनमाथि छलफल भई यसअघिकै रिट निवेदनमा यी निवेदकलाई पनि सामेल गराउने वा नगराउने भन्ने आदेश हुनेछ।
सामेल गराउने आदेश भए यसअघि दर्ता भइसकेको कांग्रेसका ८ सांसद, एमाले सांसद र अन्य डेढ दर्जन रिटलाई एकसाथ राखि सुनुवाइ हुनेछ। रिटमा राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग, सभामुखसहित यी कार्यालयहरूलाई पनि विपक्षी बनाइएको छ।
यसअघि घिमिरेसँगै सचेतक सुशीला थिङ, आशा विक, दिपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र जावेदा खातुनले रिट दायर गरेका थिए।
मंगलबार निवेदन दिएका तीन जनामध्ये जनता समाजवादी पार्टीकी हसिना खान, जनमतकी गोमा लाभ र स्वतन्त्र योगेन्द्र मण्डल पनि छन्। बाँकी ५७ जना नेपाली कांग्रेसका हुन्।
यी हुन् थपिएका ६० निवर्तमान सांसद :
१) चन्दा चौधरी
२) बद्रीप्रसाद पाण्डे
३) प्रकाशशरण महत
४) पूर्णबहादुर तामाङ
५) जीवन परियार
६) चन्द्रकान्त भण्डारी
७) पुष्पबहादुर शाह
८) नारायण खड्का
९) मनोरमा शेरचन
१०) मोहन आचार्य
११) रामकृष्ण यादव
१२) राजेन्द्रकुमार केसी
१३) बिनाकुमारी थनेत
१४) विनोद चौधरी
१५) ऐनबहादुर शाही
१६) सीता गुरुङ
१७) माया राई
१८) सरिता प्रसाईं
१९) डिल्लीराज पन्त
२०) टेकबहादुर गुरुङ
२१) विष्णुकमार कार्की
२२) किशोरसिंह राठौर
२३) संगीता मण्डल धानुक
२४) कल्पना चौधरी
२५) अजयकुमार चौरसिया
२६) राजु थापा
२७) वीरबहादुर बलायर
२८) खमबहादुर गर्बुजा
२९) देवप्रसाद तिमल्सेना
३०) कान्तिका सेजुवाल
३१) सुनीलकुमार शर्मा
३२) रुपा बिक
३३) दुर्लभ थापा क्षेत्री
३४) रमा कोइराला पौडेल
३५) सरस्वती बजिमय
३६) अन्जनी श्रेष्ठ
३७) शंकर भण्डारी
३८) मैना कार्की
३९) रमेश रिजाल
४०) डिगबहादुर लिम्बू
४१) रामहरि खतिवडा
४२) रमेश लेखक
४३) शशांक कोइराला
४४) नारायणप्रसाद साउँद
४५) ज्ञानेन्द्रबहादुर कार्की
४६) प्रकाशमान सिंह
४७) तेजुलाल चौधरी
४८) दीपक गिरी
४९) सन्तोष चालिसे
५०) राजेन्द्र बजगाई
५१) ईश्वरीदेवी न्यौपाने
५२) रामनाथ अधिकारी
५३) दिलेन्द्रप्रसाद बडू
५४) दिनेशकुमार यादव
५५) मञ्जु खाँण
५६) महेन्द्रकुमार राय
५७) अम्बिका बस्नेत
५८) हसिना खान
५९) गोमा लाभ
६०) योगेन्द्र मण्डल
Shares

प्रतिक्रिया