ग्रामीण क्षेत्रको वित्तीय अवस्था बुझ्न गभर्नर डा. विश्वनाथ पौडेललाई हरेक महिना गाउँ जानपर्ने सुझाव बैंकिङ सुधार सुझाव कार्यदलले दिएको छ।
कार्यदलले राष्ट्र बैंकले ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ भन्ने कार्यक्रम सुरु गरेर प्रत्येक महिना एक दिन गभर्नर स्वयम् कुनै ग्रामीण क्षेत्रमा पुग्न भनेको हो।
कार्यदलले गाउँ (हिमाल, पहाड र मधेश/तराई) भ्रमण गरी त्यहाँको आर्थिक सम्भावना, कर्जाको माग र बैंक तथा वित्तीय संस्थाको कर्जालगायत अन्य सेवाको बारेमा बुझ्न सुझाव दिएको हो।
सो कार्यक्रमअन्तर्गत रहेर सरोकारवालासँग अन्तर्क्रिया गर्ने र सोका आधारमा नीतिनियममा आवश्यक परिमार्जन गर्न समेत कार्यदलले सुझाव दिएको हो ।
87
Shares

प्रतिक्रिया