राजनीति


सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

नेपालखबर
जेठ २८, २०८३ बिहिबार २०:३३, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित दुईवटा होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूसँग माफी मागेका छन्। बिहीबार होल्डिङ सेन्टरको अवलोकन गर्दै विगतमा भएका कमजोरीप्रति माफी मागेका हुन्।

आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुमवासी वस्ती हटाइएको भए पनि सरकार उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे। ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ,’ उनले भने। 

सुकुमवासीहरूले गृहमन्त्रीसमक्ष बस्न र खान सहज भए पनि बालबच्चाको शिक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको गुनासो गरेका थिए।

पीडितहरूको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सो क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad