राजनीति


सिंहदरबारमा आज निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल

सिंहदरबारमा आज निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल

नेपालखबर
पुस ७, २०८२ सोमबार ९:१६, काठमाडौँ

निर्वाचन आयोगले आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ। 

निर्वाचन तयारीको विषयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो।

दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ। 

‘प्रधानमन्त्रीसहितको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको हो,’ स्रोतले भन्यो, ‘निर्वाचनको पछिल्लो तयारी, उपलब्धीबारे बैठकमा छलफल हुनेछ।’ 

निर्वाचन तयारीको विषयमा काम गरिरहेको आयोगले दलहरुको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले छलफल गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad