नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने भएको छ।
पोलिट्ब्यूरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने पुस २६ गते केन्द्रीय कमिटीको दोस्रो बैठक तय गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ।
एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
168
Shares

प्रतिक्रिया