नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यवाहक महानिर्देशकका जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन्।
उनले शुक्रबार नै प्राधिकरण पुगेर कार्यभार सम्हालेका छन्। उनी १२औँ तहका उपमहानिर्देशक हुन्।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई नलिनचोक हेलीपोर्टमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतामा मुद्दा दायर गरेसँगै निलम्बनमा परेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई निमित्त दिइएको थियो।
तर अहिले मन्त्रालयले प्राधिकरणभित्रबाटै कार्यवाहक महानिर्देशक नियुक्त गरेको हो।
132
Shares

प्रतिक्रिया