केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्याल एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सहभागी नभएको पाइएको छ।
एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान साढे २१ घण्टापछि बिहीबार बिहान सकिएको छ। तर केन्द्रीय सदस्यका उम्मेदवार अर्यालले आफू मतदान प्रक्रियामै सहभागी नभएको बताएका छन्।
अर्यालसहित एमाले महाधिवेशनको प्रतिनिधि भएर पनि ३६ जना मतदान प्रक्रियामा अनुपस्थित भएका निर्वाचन आयोगले जनाएको छ।
अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष हुन्। केपी ओलीको समूहमा नपरेपछि अर्यालले उम्मेदवारी दिएर पनि मतदान प्रक्रियामा सहभागी नभएका हुन्।
तर, उनले सामाजिक सञ्जालबाट प्रतिनिधिसँग मत भने मागेका छन्। अर्याल गुल्मीबाट प्रतिनिधि बनेका हुन्। उनले ‘नो भोटको समुपयोग’ गरेको बताएका छन्।

993
Shares

प्रतिक्रिया