नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान साढे २१ घन्टापछि आज (बिहीबार) बिहान सकिएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार हिजो बुधबार बिहान ९:२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान ७ बजे आसपास सम्पन्न भएको हो।
अब मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
बिहान साढे ७ बजेतिर उनले नेपालखबरसँग भने, ‘अब आधा घन्टापछि मतगणना सुरु होला, गणना सुरु भएको २ घन्टाजतिमा परिणाम आउला।’
एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६३ मतदाता भए पनि २ हजार २ सय २७ मत मात्र खसेको एमाले निर्वाचन आयोगले जनाएको छ। विभिन्न कारण ३६ जना मतदाता उपस्थित हुन नसकेका हुन्।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया