राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो मूल राजनीतिक सिद्धान्तमा ‘सामाजिक लोकतन्त्र’ अंगिकार गर्ने भएको छ।
चितवनको भरतपुरमा जारी पहिलो महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। जसमा अब रास्वपाले सामाजिक लोकतन्त्रलाई अंगिकार गर्ने उल्लेख गरेका छन्।
सभापति लामिछानेले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशन उप्रान्त राष्ट्रिय स्वतन्त्र पार्टीको मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र (सोसिएल डेमोक्रेसी) हुनेछ।’
महाधिवेशनपछि रास्वपाका सबै दस्तावेजमा ‘सामाजिक लोतकन्त्र’लाई समावेश गरिने भएको छ। राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले भनेका छन्, ‘पार्टीका सम्पूर्ण दस्ताबेजहरूमा यस (सामाजिक लोकतन्त्र) मूल राजनीतिक सिद्धान्तलाई समावेश गरिने कुरा म प्रतिनिधि मित्रहरूलाई जानकारी गराउँदछु।’
संविधानलाई स्वीकार गरे पनि त्यसलाई ‘वाद’ वा सिद्धान्तका रुपमा लिन नहुने लामिछानको जिकिर छ। त्यसैले सामाजिक लोकतन्त्र अंगीकार गर्ने निष्कर्ष निकालिएको उनले उल्लेख गरेका छन्। ‘राजनीतिक रुपमा हालसम्म प्राप्त उपलब्धीको स्थायित्व र सुदृढिकरण, नेपालको वर्तमान आर्थिक सामाजिक परिस्थिति र नागरिकले आश गरेको राज्यको आधारभूत चरित्रको विश्लेषणका आधारमा हामीले सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रुपमा अंगीकार गर्ने निष्कर्ष निकालेका छौँ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।
यसका लागि सभापति लामिछानेले ‘समन्यायिक समावेशी समाज’को ब्याख्या गर्दै पाँच बुँदामा स्पष्ट पार्न खोजेका छन्। उनले भनेका छन्, ‘समन्यायिक समावेशी समाजको अवधारणाले विभाजन होइन एकता, बहिष्करण होइन सहभागिता र असमानता होइन समानताको आधारमा समाज निर्माण गर्छ। जब हरेक नागरिकले आफू राज्यको अंग भएको अनुभूति गर्छ, तब मात्र लोकतन्त्र सुदृढ र दिगो बन्छ।’
सामाजिक लोकतन्त्रका लागि राजनीतिक प्रतिवेदनमा ब्याख्या गरिएका पाँच बुँदा:

Shares

प्रतिक्रिया