कपाल सेतै फुलेका ७४ वर्षीय प्रल्हाद गिरी मतदान गरेर निस्किँदै थिए। नेकपा एमालेको एघारौँ महाधिवेशनमा भोट हालेर फर्किंदै गरेका गिरीलाई हामीले सोध्यौँ, ‘तपाईं कसको पक्षमा?’
गिरीले निस्फिक्री नेतृत्व परिवर्तन हुनुपर्ने बताए।
‘कम्युनिस्ट प्रगतिगामी हुन्छन्, नेतृत्व परिवर्तनको पक्षमा छु,’ उनले भने, ‘मैले पनि परिवर्तन चाहेको छु। धेरै साथीले परिवर्तन चाहेका छन्।’
एमाले पार्टीको अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। नेतृत्वको भूमिकामा को आउने भन्ने कुरा भोटले निर्धारण गर्ने भए तापनि परिवर्तन आउनुपर्ने गिरीले बताए।
उनी पर्साका एमाले प्रतिनिधि हुन्।
रूपन्देहीकी प्रतिनिधि देवी आचार्यले भने मतदान मेसिनका विषयमा टिप्पणी गरिन्। ह्विलचेयरमा मतदानस्थलसम्म आएकी देवील मेसिन दृष्टिविहीनमैत्री पनि हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘हामी फिजिकललाई त सजिलै छ तर सबै अपांगतामैत्री भने छैन,’ उनले भनिन्।
देवीले नयाँ–पुरानो जे भए पनि निकास दिनसक्ने व्यक्ति मुख्य नेतृत्वमा आउनुपर्ने उनले बताइन्। उनी आफूले सोचेजस्तै व्यक्ति नेतृत्वको भूमिकामा आउनेमा विश्वस्त छिन्।
नेकपा एमालेको ११औँ महाधिवेशनको चुनाव पुस १ गते नै हुन्छ भनिएको थियो। तर केही प्राविधिक समस्याका कारण मतदान भने पुस २ गते बिहान ९ः३० देखि मात्र भयो। प्रतिनिधिहरू बुधबार बिहानैदेखि मतदानका लागि लाइनमा लागेर बसेका थिए। हरेकको नेतृत्व चयनलाई लिएर अलग विचार छन्।
विभिन्न क्षेत्रबाट चुनिएर आएका २१५५ र केन्द्रीय सचिवालयले मनोनीत गरेका १०८ सहित २२६३ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्।
भिडिओ :
Shares

प्रतिक्रिया