राजनीति


कांग्रेस महाधिवेशन केही समय पछि सर्न सक्छः शेखर कोइराला

‘तोकिएको समयमा निर्वाचन नभए संसद् पुनःस्थापनाको माग उठाउँछौँ’
कांग्रेस महाधिवेशन केही समय पछि सर्न सक्छः शेखर कोइराला

फाइल फोटो


नेपालखबर
पुस २, २०८२ बुधबार २०:३०, मोरङ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने बताएका छन्।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई/चार दिन मिति पछि सर्नसक्ने जानकारी दिए। 

नेता कोइरालाले भने, ‘पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न।’

उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भन्दै उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए। 

उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए। 

तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राखे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad