काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न मतदाताहरू लामबद्ध भएका छन्।
विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लाइन लागेका हुन्।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।
आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन्। तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
७. कसरी मतदान हुन्छ ?
- टच स्क्रिन डिस्प्लेः मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ। यो भनेको तपाइँको मतदान सदन भयो भनेको हो।
८.कतिवटा हुने छन् भोटिङ मेसिन ?
मतदान स्थलमा ८० वटा मेसिन रहेका छन्। एउटा मेसिनमा मतदान गर्न छिरेको मतदाताले त्यही मेसिनमा सबै उम्मेदवारलाई मतदान गर्नुपर्छ।
९. मत परिणाम कहिले आउला ?
मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ।
हेर्नुहाेस् तस्बिरहरू













Shares

प्रतिक्रिया