राजनीति


भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाइ

भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाइ

रामलक्ष्मणले विकास गरेको भोटिङ मेसिनको नमुना


नेपालखबर
पुस १, २०८२ मंगलबार १७:५३, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न आज मंगलबार हुनुपर्ने मतदान सुरु हुने भनेर बिहान १० बजेको समय निर्धारण गरिएको थियो। साँझ ५ः३० हुँदा पनि चुनाब सुरु हुन सकेको छैन। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार साँझ ७ बजेदेखि मतदान सुरु हुनेछ। यो भनेको पूर्व निर्धारित सयभन्दा ९ घण्टा ढिलो हो।
निर्वाचन आयोगका सचिव कुन्साङ लामा भन्छन्, ‘मेसिनमा प्राविधिक समस्या देखिएकाले ढिलो हुन पुगेको हो।’

त्यो समस्या के थियो त ? 

भृकुटीमण्डपमा मतदानका लागि तयार पारिएको मेसिन।

यो प्रश्न हामीले भोटिङ मेसिन निर्माता कम्पनी रामलक्ष्मण इन्जिनियरिङका प्रतिनिधिलाई सोधका थियौँ। नाम उल्लेख नगर्ने सर्तमा उनले मेसिन राम्रो भएको र नयाँ भएको बताए।

यो कम्पनीले विकासका गरेका मेसिन अन्य चुनाबमा पनि प्रयोग हुने गरेका छन्। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा समेत उनीहरूले विकास गरेका भोटिङ मेसिन प्रयोग भएका थिए। पछिल्लो समय विभिन्न संघसंस्थाका चुनावमा रामलक्ष्मणका मेसिन पयोग हुने गरेका छन्।

फोटो राखेर उम्मेदवारको नामावली तयार पारिँदै

‘यसअघि प्रयोग नभएका नयाँ मेसिन पनि त्यहाँ लगिएका छन्’, उनले नेपालखबरसँग भने, ‘उम्मेदवारको नाम फोटोसहित रजिष्ट्रर गरी सेभ गर्दा समस्या देखिएको हो।’

उनका अनुसार यो बाहेक नयाँ मेसिनमा सफ्टवेयर इन्स्टल, अपडेटले समय लियो।  

केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार ७ बजेदेखि बुधबार १ बजेसम्म मतदान हुनेछ। कार्यतालिकअनुसार त्यसपछि मतगणना सुरू गरिनेछ। 

यो पनि: एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

मतदानको समय तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad