राजनीति


नेकपाले डाक्यो वैशाख २५ गते स्थायी समिति बैठक

नेकपाले डाक्यो वैशाख २५ गते स्थायी समिति बैठक

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १५:२७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते बोलाएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको बताए।

‘पार्टीले अहिलेको एकता, सहमति र समधानको निष्कर्षअनुरुप पार्टीलाई दिशानिर्देश गर्ने गरी र त्यसको निम्ति आवश्यक छलफल गर्ने गरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे काठमाडौँमा बस्ने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले स्थायी समितिको बैठकको तयारीका लागि वैशाख २४ गते सचिवालयको बैठक बस्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad