ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट साढे ७ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।
प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
त्यसमध्ये व्यक्तिगत ७ करोड ४३ लाख २५ हजार र संस्थागत २२ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीले ८ घर जलेका थिए। अन्य केही घरमा आंशिक क्षति भएको थियो।
आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन्। आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण संकलन गर्न समिति बनेको थियो।
आगलागी पीडित परिवारलाई शनिबार रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ।
भिडियाे:
शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागीको दुखद घटना भयो। हामीले थोरै सावधानी अपनायौं भने आगलागीबाट जोगिन सकिन्छ। pic.twitter.com/pbufzsB60X
याे पनि:
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी, १२ घर नष्ट (भिडियोसहित)

प्रतिक्रिया