राजनीति


मतदानअघि विष्णु पौडेलको अर्थपूर्ण अभिव्यक्ति : नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ

मतदानअघि विष्णु पौडेलको अर्थपूर्ण अभिव्यक्ति : नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ

नेपालखबर
पुस १, २०८२ मंगलबार १०:२१, काठमाडौँ

नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा फेरि उपाध्यक्ष पदमै उम्मेदवारी दिएका विष्णुप्रसाद पौडेलले मतदान हुनुअघि अर्थपूर्ण अभिव्यक्ति दिएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट उपाध्यक्षमा उठेका उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्वलाई प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

‘हामी यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ’, पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ।’

उम्मेदवार चयनका बेला ओली टिमभित्र असन्तुष्टि बढिरहेका बेला पौडेलको अभिव्यक्ति अर्थपूर्ण देखिन्छ। 

सोमबार उम्मेदवारी दर्ताका क्रममा ओलीले महासचिवमा नपारेपछि प्रदीप ज्ञवाली निकै दु:खी भएका थिए भने राजेन्द्र गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका थिए। 

यद्यपि ज्ञवालीले आफू ओलीको साथमै रहने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् भने गौतमले पनि उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad